Sagun Khabar
बलात्कार आरोपमा बैतडीको मेलौली –१ का अध्यक्ष नेगी सहित दुई जना पक्राउ

बैतडी –बैतडीमा जबरजस्तीकरणीको आरोपका एकजना वडा अध्यक्ष सहित दुई जना पक्राउ परेका छन् । मेलौली नगरपालिका वडा नं १ का वडा अध्यक्ष शरदसिंह नेगी र स्थानीय केशवसिंह पक्राउ परेका हुन् । 

पीडित महिलाले दिएको जाहेरीका आधारमा वडा अध्यक्ष सहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

उनीहरु दुवै जनामाथि जबरजस्तीकरणी गरेको आरोप लागेको र पीडितको जाहेरीका आधारमा मंगलबार नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता जोशीले बताए । अदालतबाट म्याद थपेर उनीहरुमाथि थप अनुसन्धान गरिने उनले बताए । 

नेगी गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । 
 

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update