Sagun Khabar
पत्ताल भुवनेश्वर युवा जागरण मञ्चले भारतको हैदराबादमा भलिबल प्रतियोगिता गर्दै

बैतडी- भारतको हैदराबादमा भलिबल प्रतियोगिता हुने भएको छ । पत्ताल भुवनेश्वर युवा जागरण मञ्च र तेलङ्खना नेपाली संगमको संयुक्त आयोजनामा जुलाइ १९   बाट भारतको हैदराबाद स्थित माधबपूर थर्ड फेसमा भलिबल प्रतियोगता हुन लागेको पत्ताल भुवनेश्वर युवा जागरण मञ्चका उपाध्यक्ष बिनोद विष्टले जानकारी दिए ।

खेलमा प्रथम द्धितीय र तृतिय हुने टिम र उत्कृष्ट खेलाडिलाइ पुरस्कारको व्यवस्था गरिएको छ । खेलमा प्रथम हुने टिमलाइ १४ हजार (भारतीय रुपैँया) र मेडल,  द्धितीयलाइ  ७ हजार र मेडल र  तृतिय हुने  टिमलाइ चार हजार सहित मेडल प्रदान गरिने बताइएको छ । यस्तै राम्रो बलर,सटर, डिफेन्स, सर्भिसर र अनुशासित टिमलाइ समेत पुरस्कारको व्यवस्था रहेको अयोजकले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

सबै नेपालीहरु संग सुमधुर सम्बन्ध कायम होस् र आपसि भाइचारा भातृत्व प्रगाढ बनोस भनेर प्रतियोगिताको आयोजना गरिएको मञ्चका उपाध्यक्ष विष्टले बताए ।  खेलले सबैलाइ एक ठाउँमा भेला गराउने र  यसबाट नेपाली नेपाली  बिचको सम्बन्ध अझ सुमधुर हुने अपेक्षा गरिएको  उनले  बताए ।

खेलको अवसरले  भेट हुने र नेपाली नेपाली बिच संग राम्रो सम्बन्ध स्थापना भएर अप्ठारो परिस्थितीमा सहयोग पुग्ने  उनको भनाइ  छ । छरिएर रहेका नेपालीहरुलाइ भलिबल प्रतियोगितामा भाग लिन पनि आग्रह गरिएको छ । साउन ३ गते (जुलाइ १९)बाट हुने भलिबल प्रतियोगितामा  टिम दर्ता शुल्क २५ सय तोकिएको छ ।

पत्ताल भुवनेश्वर युवा जागरण मञ्च बैतडीको  सुर्नया २ का युवाहरुले गठन गरेको समूह हो । यो समूले समाजिक कामका साथै  विभिन्न खेल तथा साँस्कृतिक कार्यक्रम गर्दै आएको  छ । 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update