Sagun Khabar
बाजुराको बडीमालिका नगरपालिकाले करारका कर्मचारीको अवधि थप्यो 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुराको बडीमालिका नगरपालिकामा कार्यरत करारका कर्मचारीको नविकरण गरिएको छ । नगरकार्यपालिकाको निर्णय अनुसार करारका कर्मचारीको अवधि थप गरेको  नगरपालिकाका प्रवक्ता धर्मराज पाध्यायले जानकारी दिए । 

साउन १ देखि लागू हुनेगरी नगरपालिकाको कार्यालय र विभिन्न वडामा कार्यरत सबै करार कर्मचारीको अवधि ३ महिना थप गरेको नगर प्रमुख अमर खड्काले बताए । 

देशभरका कतिपय स्थानीय तहले करारका कर्मचारी हटाएका बेला बडीमालिकाले करारका कर्मचारीको अवधि थप गरेको हो ।
 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update