Sagun Khabar
बैतडीका एक युवक काठमाण्डौंमा मृत भेटिए 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाका एक युवक काठमाण्डौंमा मृत भेटिएका छन् । डिलाशैनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहराका २१ बर्षीय छोरा कपील बोहरा मृत भेटिएका हुन् । 

काठमाण्डौंमै फार्मेसी अध्ययन गरिरहेका बोहरा आज आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका काठमाण्डौंमै रहेका डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । बोहरा झुण्डिनुको कारण भने खुल्न नसकेको उनले बताए । 

मृतक बोहराको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update