Sagun Khabar
भारतको हैदराबादमा भलिबल प्रतियोगिता हुँदै, प्रथम हुनेले खसी पाउने

बैतडी- पताल भुमेश्वर युवा जागरण मञ्चले भारतको हैदराबादमा भलिबल प्रतियोगिता गर्ने भएको  छ । विजया दशमी तथा सुभदिपावलीको उपलक्ष्यमा पताल भुमेश्वर युवा जागरण मञ्चले भलिबल प्रतियोगिता आयोजना गर्न लागेको मञ्चका उपाध्यक्ष विनोद विष्टले  जानकारी दिए  ।

सबै नेपाली दाजुभाइ संग भेटघाट होस र  आपसी सम्बन्ध सुमधुर बनोस भनेर दशैँको  अवसरमा  प्रतियोगिताको  आयोजना गरिएको  उनले  बताए । प्रतियोगितामा खसी सहित नगत पुरस्कारको समेत व्यवस्ता गरिएको उनले बताए ।  प्रतियोगितामा प्रथम हुने टिमलाई  २० किलोको खसी सहित १५ सय रुपैँया प्रदान गरिने उनले  बताए  ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै  दोस्रो  हुनेले १५ सय  र तेस्रो हुने टिमले १ हजार पुरस्कार पाउने बताइएको  छ । टिम दर्ता शुल्क ५ सय राखिएको छ । खेल भोलि हैदरावादको मासब टेङ को फिल्ड्मा हुने पताल भुमेश्वर युवा जागरण मञ्चका उपाध्यक्ष विष्टले  बताए । 

पताल भुमेश्वर  युवा जागरण मञ्च बैतडीको  सुर्नया २ का युवाहरुले गठन गरेको समूह हो । यो समूले समाजिक कामका साथै  विभिन्न खेल तथा साँस्कृतिक कार्यक्रम गर्दै आएको  छ । गत साउनमा पनि पताल भुमेश्वर युवा जागरण मञ्चले भलिबल प्रतियोगिता गरेको  थियो । 

प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update