Sagun Khabar
बाजुराको दलित बस्तीमा पुस्तौँदेखि खानेपानी अभाव

बाजुरा- बाजुरा बाजुरा जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिकाको वडा –६ ओबाबका दर्जनौँ दलित बस्तीमा बर्खामै खानेपानीको अभाव देखिएको छ।  सो दलित बस्तीमा पुस्तौँदेखि अहिलेसम्म गाउँमा खानेपानी नहुँदा यहाँका दलित परिवारका स्थानीय घण्टौँ बाटो हिँडेर खोलाको पानी खान बाध्य हुँदैआएका छन।
जगनाथ गाउँपालिका –६ ओबाबका स्थानीय काँशीचन्द्र सार्कीले गाउँमा खानेपानी नहुँदा यहाँका दर्जनौँ दलित परिवार अहिले खोलाको पानी खान बाध्य भएको बताए। काँशीचन्द्र सार्कीका अनुसार खोलाको धमिलो पानी खाँदा अहिले त्यहाँका अधिकांश दलित परिवारमा रुघाखोकी ज्वरोका बिरामी प्रकोप बढ्दैगएको छ।

बिरामी हुँदा गाउँमा स्वास्थ्यकर्मी आएर सफा स्वच्छ पानी पिउनु पर्छ भनेर जानु भयो, तर गाउँमा खानेपानी नहुँदा मासिनहरुले अहिले पनि खोलाको धमिलो पानी खान बाध्य भएका छन् सार्कीले बताए । गत बर्खाको बाढी पहिरोका कारण गाउँमा खानेपानीको मुहान सुक्दै गएपछि बाजुराका अधिकांश स्थानीय अहिले खोलाको पानी खान बाध्य भएका हुन्।

स्वास्थ्य सन्देश
Atrya hospital

खोलाको पानी खाँदा स्थानीयलाई झाडापखाला, आँउमासी, रुघाखोकी लगायतका विभिन्न रोग लाग्नेगरेको स्थानीयको भनाइ छ । केही वर्ष पहिला जगनाथ गाउँपालिका –६ को चौगाड खोलाबाट गाउँमा खानेपानीको तीन वटा धारा निर्माण गरिएका थिए।

गत बर्खाको बाढी पहिरोले ती सबै धारा भत्किएपछि गाउँमा खानेपानीको हाहाकार मच्चिएको स्थानीय महिला हिउँकला सार्कीले बताए। खोलामा राति पानी ल्याउन जाँदा ज्यान जोखिममा पर्ने गरेकाले पानीको उचित व्यवस्था गरिदिन यहाँका महिलाको माग छ । 

प्रकाशित मिति: बुधबार, असोज १९, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update