Sagun Khabar
बाजुरामा भरुवा बन्दुक सहित एकजना पक्राउ 

बाजुरा –बाजुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ  परेका छन् । जिल्लाको त्रिबेणी नगरपालिका–७ का एकजना भरुवा बन्दुकसहित प्रकाउ परेका हुन् । 

पक्राउ पर्नेमा ४५ वर्षीय नया लुहार मिजार रहेको प्रहरीले बताएको छ । उनको साथबाट भरुवा बन्दुक १ थान, बारुद आधा तोला, छर्राको रुपमा प्रयोग गरिने ढुङ्गाका टुक्रा १० गोटा बरामद गरिएको प्रहरीले जनाएको हो । उनलाई प्रकाउ गरी थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update