Sagun Khabar
बाजुराको बुढीनन्दामा वडाबाट वृद्धभत्ता

बाजुरा- बाजुराको बुढीनन्दा नगरपालिकाले वडाबाट वृद्धभत्ता वितरण गर्न थालेको छ। ज्येष्ठ नागरिक र अशक्तहरुलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न थालेको हो।

बैंकमै पुगेर भत्ता लिन ज्येष्ठ नागरिक र अशक्तहरुलाई सास्ती हुने हुँदा पालिका र बैंकको संयुक्त सहकार्यमा वडाबाटै वितरण गर्न सुरु गरिएको बताइएको छ। वडा स्तरमा बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताए।

स्वास्थ्य सन्देश
Atrya hospital

सम्बन्धित वडासँग सहकार्य गर्दै नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त सहकार्य रहने गरी सामाजिक सुरक्षा भत्ता वडामै पुगेर बाँड्न सुरु गरिएको हो।

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update