Sagun Khabar
बाजुरामा आगोमा जलेर ५ महिने शिशुको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा आगोमा जलेर पाँच महिने शिशुको मृत्यु भएको छ । जिल्लाको बुढीन्नदा नगरपालिका–९ अगाउँपानीमा आगोले जलेर शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ ।   आज (आइतबार) बिहान ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परेर शिशुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चुलोको नजिकै सुताइ राखेको शिशुको जलेर मृत्यु भएको बताइएको छ । यस्तै आजै बाजुराको सदुमरकाम मार्तडीको एक घरमा आगलागी भएको छ । बडीमालिका नगरपालिका–८ स्थित वीरबहादुर थापाको घरमा आगलागी भएको हो । बिजुलीको तार सट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाले बताए । स्थानीय, प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र  विद्यार्थीहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए । 

आगोले तीन तले घर पुरै जलेर नष्ट भए पनि त्यो ठाउँमा भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update