Sagun Khabar
बाजुरामा कांग्रेसका पाण्डे र एमालेका थापाबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

बाजुरा –बाजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री कर्णबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यमा पाँच जना उम्मेदवार रहेको जिल्लामा गठबन्धनका तर्फबाट पाण्डे र एमालेका थापाबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । 

२०५६, २०६४ र २०७० सालमा चुनावी मैदानमा आएका थापा २०७० सालको निर्वाचनमा मात्र विजयी भएका थिए । नेपाली कांग्रेसका मानबहादुर रावललाई पराजित गर्दै उनी २०७० मा विजयी भएका हुन् । नेपाली कांग्रेसका पाण्डे संविधानसभा सदस्य तथा राष्ट्रियसभा सदस्य भइसकेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

कांग्रेस सहमहामन्त्री पाण्डे अहिले जित निकाल्ने रणनीतिमा लागेका छन् भने एमालेका थापा दोहोरिने प्रयासमा लागेका छन् । पाण्डे र थापाले अहिले चुनावी प्रचारप्रसारमा तीव्रता दिएका छन् । आ –आफ्ना पार्टीमा दखल राख्ने नेताका रुपमा पाण्डे र थापालाई लिइएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका जङ्गकुमार गिरी, जनसमाजवादी पार्टीका रामबहादुर शाही र स्वतन्त्रबाट टेकबहादुर बडुवाल पनि प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका छन् । बाजुरा जिल्लामा ४० हजार ८ सय ३८ महिला, ४२ हजार ७२७ पुरुष गरेर गरेर कुल ८३ हजार ५६७ मतदाता रहेका छन् । 

बाजुरामा ७० मतदान स्थलमा ११२ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update