Sagun Khabar
मतदान केन्द्रमा ५५ जना मतदाता

बाजुरा- बाजुराको हिमाली गाउँपालिका ३ गुम्बामा रहेको मतदान केन्द्रमा ५५ जना मतदाता रहेका छन्। बाजुरामा सबैभन्दा कम मतदाता ५५ जना गुम्बा गाउँको मतदान केन्द्रमा रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यहाँ ६० जना मतदाता थिए। मृत्यु भएका पाँच जनाको नाम हटाउँदा ५५ जना कायम भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले जानकारी दिए। 

स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा जिल्लाका ७० वटा मतदान केन्द्रमा र ११२ मतदान स्थलहरु रहेका छन्। बाजुरामा सबैभन्दा कम मतदाता ५५ जना गुम्बा गाउँको मतदान केन्द्रमा रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ। गुम्बा गाउँमा रहेको हिमाल भक्ति आधारभूत विद्यालयमा मतदान केन्द्र राखिएको छ।बाजुराको सर्वाधिक विकटमा रहेको यो गाउँमा २०७४ सालको स्थानीय चुनावमा मतदान केन्द्र स्थापना भएको थियो।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update