Sagun Khabar
बाजुराका तीन मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुराका ३ ओटा मतदान केन्द्रमा विवाद हुदा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र , बुढिनन्दा वडा न ५ को मतदान केन्द्र  र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ को मतदानकेन्द्रमा मतदान स्थगित भएको छ । 

विभिन्न राजनीतिक दलबीच विवाद हुँदा अहिले मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update