Sagun Khabar
बाजुराको एक मतदानकेन्द्रमा मतपेटिकामा आगजनी 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुराको एक मतदान केन्द्रमा मतपेटीकामै आगजनी गरिएको छ । जिल्लाको  स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित भगवती आधारभुत विद्यालयको मतदान केन्द्रमा मतपेटीकामै आगजनी गरिएको हो । 

प्रहरीका अनुसार प्रदेश सभा समानुपातिक तर्फको क्षेत्र नम्बर (१) केन्द्रमा मतदान भइरहेको बेला मतपेटीकामा आगजनी भएको हो । कसले आगजनी ग¥यो भन्नेबारे भने प्रहरीले खुलाएको छैन् । सो मतदान केन्द्रमा अहिले मतदान कार्य रोकिएको छ । अहिले पानी हालेर उक्त मतपेटिकामा लागेको आगो निभाइएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update