Sagun Khabar
बाजुराको त्रिवणीमा गोली चल्यो, एकजनाको मृत्यु 

बाजुरा –बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो । 

सोही ठाउँका सुरेन्द्र अयडीको गोली लागेर मृत्यु भएको त्यहाँका वडाध्यक्ष जुद्धबहादुर ऐडीले बताए । यस्तै उनका अनुसार गोली चलेपछि आधा दर्जन बढी स्थानीय घाइते भएका छन् ।घाइतेहरुको पहिचान हुन सकेको छैन् ।  घाईतको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ । मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update