Sagun Khabar
बाजुरा सदरमुकाम तनावग्रस्त, नेपाली सेना परिचालन 

बाजुरा –नेकपा एमाले निकट अनेरास्ववियूले बाजुरा सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । बजार बन्द संगै बजारका गल्लीहरुमा टायर बालेपछी सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ ।

अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अयडीको हत्याको बिषयलाई लिएर अनेरास्ववियूले आन्दोलन गरेको हो । बजारमा आन्दोलन चर्किएसंगै बाजुरा सदरमुकाममा नेपाली सेना,  नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन भएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

आइतबार त्रिवेणी नगरपालिका–७ को नाट्यश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर नेपाली काँग्रेसका कार्यकर्ताले चेतन अयडीको घरमै गएर कुटपिट गरेका थिए । कुटपीटपछि घाइते भएका अयडीलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । 

यस्तै नाट्यश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई नै लिएर सुरक्षाकर्मीको गोली लागेर स्थानीय काँग्रेस कार्यकर्ता सुरेन्द्र अयडीको पनि मृत्यु भएको थियो । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update