Sagun Khabar
बाजुरामा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखमाथि आक्रमण 

बाजुरा –बाजुरामा प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृतमाथि आक्रमण गरिएको छ ।  जिल्ला समन्वय समितिको कार्यलय तथा मुख्य निर्वाचन अधिकृत कार्यलयबाट सर्वदलिय बैठक सकेर फर्कने क्रममा आन्दोलनकारीले आक्रमण गरेका हुन् । 

मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी, मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल, नेपाल प्रहरी, सशस्त्र प्रहरीका एसपी, डिएसपी तथा सुरक्षा प्रमुखहरुमाथि आक्रमण भएको जिल्ला प्रशासन कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्रबहादुर बिष्टले बताए । 

अनेरास्वीयुका कार्यकताले प्रहरी, प्रशासनविरुद्ध नारा लागइरहेका बेला उनीहरुमाथि ढुङ्गा प्रहार भएको बिष्टले बताए । सुरक्षा निकायमाथि आक्रमण गर्नेको खोजि भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update