Sagun Khabar
निर्वाचन आयोगको टोली बाजुरामा 

बाजुरा –बाजुरामा  मंसिर ४ को निर्वाचनमा धाँधली भएको भन्दै सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारले उजुरी गरेपछि निर्वाचन आयोगको टोली बाजुरा पुगेको छ । जिल्लाको अवस्थाबारे अध्ययन गर्न निर्वाचन आयोगको टोली बाजुरा पुगेको हो । 

आयोगका सहसचिव तुलसी श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोली नेपाली सेनाको हेलिकप्टरमार्फत बाजुरा आएको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताए । मंसिर ४ गते चुनावमा एमाले र कांग्रेसले केही बुथ कब्जा गरेर एकलौटी मतदान गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी परेपछि त्यहाँ मतगणना सुरु हुन सकेको छैन् ।  कांग्रेसले १६ वटा बुथमा कब्जा गरेको एमालेको आरोप छ । एमालेले पनि ८ वटा बुथ कब्जा गरेको कांग्रेसले आरोप लगाएको छ ।

बूढीगंगा नगरपालिका वडा १, २, ३ र ९, गौमुल गाउँपालिका १, बूढीनन्दा नगरपालिका ४ र १० तथा जगन्नाथ गाउँपालिका ५ को मतदान केन्द्र एमालेले कब्जा गरेको उजुरी परेको छ ।
त्रिवेणी नगरपालिका २, ३, ७ र ८,  खप्तड छेडेदह गाउँपालिका २ र ४ बूढीगंगा नगरपालिका ४, ७ र ८, बूढीनन्दा नगरपालिका ७, ५ र ९ हिमाली गाउँपालिका ४, स्वामिकार्तिक खापर गाउँपालिका ३ र जगन्नाथ गाउँपालिका २ र ४ वडा गरी १६ मतदान केन्द्र कांग्रेसले कब्जा गरेको आरोप छ ।

Atrya hospital

टोलीले यी स्थानमा के गर्ने भन्ने बारेमा अध्ययन गरी आयोगमा प्रतिवेदन बुझाउने छ । टोलीले राजनीतिक दल, चुनावमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलगायतसँग छलफल गरिरहेको छ । बूढीनन्दा ५ मा ४ गते स्थगित भएको मतदान भने मंसिर १० मा हुने छ । मंसिर ४ गते एमाले र कांग्रेसबीच भएको झडपले मतदान स्थगित भएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update