Sagun Khabar
बाजुरा घटना : मानव अधिकार आयोगको टोलीद्वारा अनुसन्धान शुरु 

बाजुरा –राष्ट्रिय मानव अधिकार आयोगले बाजुरा घटनाको सम्बन्धमा अनुसन्धान सुरू गरेको छ ।

शुक्रबार आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति निकालेर मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा २ जनाको मृत्यु भएको घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

उक्त घटनाबारे स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली जिल्लातर्फ खटिएको आयोगले जनाएको छ ।

उक्त घटनाबारे आवश्यक सहयोग गरिदिन स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनितिक दलहरू, नागरिक समाज, मानव अधिकारकर्मी, पीडित तथा पीडित परिवार र सर्वसाधारणसँग आयोगले अनुरोध समेत गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update