Sagun Khabar
काठमाण्डौंमा सुकुम्बासी र नगरप्रहरीबीच झडप हुँदा १४ जना घाइते
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौं –थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा झडप हुँदा काठमाडौं महानगर प्रहरी बलका प्रमुख सहित १४ जना घाइते भएका छन् । सोमबार सुकुम्वासी बस्ती हटाउन जाँदा स्थानीय र नगर प्रहरीवीच झडप भएको थियो । झडपमा परेर महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका हुन् ।

महानगरपालिकाले सुकुम्वासी बस्तीमा डोजर चलाएपछि स्थानीयले अवरोध गरेका थिए । बस्ती हटाउन डोजर लिएर गएपछि स्थानीयहरु विरोधमा उत्रेका थिए । बिकल्प बिनानै बस्ती हटाउन खोजेको भन्दै स्थानीयले विरोधमा उत्रिएर टायर बालेर प्रदर्शनसहित गर्नुका साथै महानगरको टोलीमाथि ढुंगामुढा गरेका थिए ।

एकीकृत बागमती सभ्यता विकास समितिले यही मंसिर ४ गते सम्म बागमती किनारमा रहेका सुकुम्वासी बस्तीका अनधिकृत घर टहरा भत्काउँन समयसीमा दिएको थियो । निर्वाचन सकिए लगत्तै समिति र महानगरको टोली अनधिकृत संरचना भत्काउँन बस्तीमा पुगेको हो ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update