Sagun Khabar
धनुषा –४ मा एमालेका महासेठ विजयी,कांग्रेसका यादव पराजित
स्वास्थ्य सन्देश
Atrya hospital

धनुषा – धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठ १ सय २४ मतान्तरले विजयी भएका छन् । उनले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गरेका हुन् । 

महासेठले ३२ हजार २ सय ३६मत  ल्याए भने यादवले ३२ हजार १ सय १२ मत ल्याए । मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिए पनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई पराजित गर्दै महासेठ विजयी भएका हुन् । 

महासेठ २०७४ को चुनावमा समेत यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । यसअघि उनकी श्रीमती जुलीकुमारी महतो धनुषा–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेकी छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update