Sagun Khabar
चुनावी खर्च विवरण बुझाउन निर्वाचन आयोगको निर्देशन
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई चुनावको खर्च विवरण बुझाउन निर्देशन दिएको छ । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका सबै उम्मेदवारलाई मतपरिणाम आएको दिनदेखि ३५ दिनभित्र खर्च विवरण बुझाउन निर्देशन दिएको हो ।

आयोगले सम्बन्धित जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउन भनेको छ । त्यस्तै, आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका दलहरूलाई पनि खर्च विवरण बुझाउन निर्देशन दिएको छ । यसअघि भएको पालिका चुनावमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिबाना गरेको थियो ।

पालिका तहमा उम्मेदवार भएका तर खर्च विवरण नबुझाएका व्यक्तिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा दिएको उम्मेदवारी रद्द गरिएको थियो । उम्मेदवारले प्रचारप्रसार, गोष्ठी अन्तरक्रिया, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका विषयको खर्चको विवरण उल्लेख गरी चुनावको खर्चको विवरण बुझाउनु पर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए  ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update