Sagun Khabar
बाजुरामा मतगणना शुरु गर्न कांग्रेसको माग 
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौं –नेपाली कांग्रेसले बाजुराको मतगणना शुरु गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली आज मङ्गलवार निर्वाचन आयोग पुगेर बाजुराको मतगणना शुरु गर्न आग्रह गरेको हो । 

कांग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई भेटेर मतगणना सुरु गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् । चुनावको समय अवधिभर कुनै पनि घटना नघटेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले तुरुन्त मतगणना गर्नुपर्ने बताए । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update