Sagun Khabar
उदयपुर–१ मा कांग्रेसका डा. खड्का विजयी, एमालेकी मञ्जू चौधरी पराजित

काठमाण्डौ – उदयपुर–१ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जू चौधरीलाई २ हजार ३७९ मतान्तरले हराए । परराष्ट्र मन्त्रीसमेत रहेका खड्काले ३१ हजार २७० र चौधरीले २८ हजार ८९१ मत प्राप्त गरे । 

यस्तै सुनसरी ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई हराएर नेकपा एमालेकी भगवती चौधरी विजयी भएकी छन् भने सुनसरी ४ मा मतगणना भइरहेको छ । सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । कार्कीले २५ हजार ९ सय ४४ र उनका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मतसहित पछ्याइ रहेका छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update