Sagun Khabar
बाजुराका विद्यार्थी नेता अयडीको हत्या आरोपमा थप दुई जना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको हत्या आरोपमा थप २ जना पक्राउ परेका छन् ।  गत बिहीबार दुई जनालाई पक्राउ गरेको प्रहरीले मंगलबार थप २ जनालाई पक्राउ गरेको हो । 

त्रिवेणी नगरपालिका–७ मालाकोटका ३२ वर्षीय चेतनदीप अयडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।  उनीहरुको परिचय भने प्रहरीले खुलाएको छैन ।  अनुसन्धानकै क्रममा रहेकाले परिचय खुलाउन नमिल्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । मृतकका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी दिएका छन् ।  मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा कुटपिट हुँदा गम्भीर घाइते भएका अयडीको उपचारका लागि बयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update