Sagun Khabar
बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत बाजुरामा मतगणना चलिरहेको छ । पछिल्लो विवरण अनुसार गठबन्धनका उम्मेदवार कांग्रेसका बद्रि पाण्डे अगाडि रहेका छन् । 

कांग्रेसका पाण्डेले ५ हजार ३९९ मत प्राप्त गरेका छन् । त्यस्तै उनका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ४ हजार १३० मतसहित पछ्याइरहेका छन् । 

पाण्डे र थापाबीचको मतान्तर १ हजार २६९ रहेको छ । बाजुरामा हिजो बेलुकादेखि मतगणना सुरु भएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update