Sagun Khabar
बाजुरामा फेरि लफडा, मतगणना स्थगित

बाजुरा- बाजुरामा प्रतिनिधिसभाको मतगणना स्थगित भएको छ । गणनाका क्रममा मुचुल्कामा लेखिएको भन्दा बढी मतपत्र भेटिएपछि स्थगित भएको हो ।

हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख गरिएको भन्दा ४० मत बढी भेटिएका छन् ।

पछिल्लो विवरण अनुसार कांग्रेसका बद्रि पाण्डेले ५ हजार ३९९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ४ हजार १३० मतसहित पछ्याउनु भएको छ । पाण्डे र थापाबीचको मतान्तर १ हजार २६९ रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update