Sagun Khabar
बाजुरामा रोकिएको मतगणना पुनः सुचारु 

बाजुरा –बाजुरामा मत गणनाको काम पुनः सुरु गरिएको छ । यसअघि यहाँ मुचुल्कामा रहेको भन्दा बढी मत पाइएपछि दलका प्रतिनिधिहरूबीच विवाद पैदा भएको थियो । उम्मेदवार तथा दलका प्रतिनिधिहरूको समझदारीमा मतगणना कार्य फेरी सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ४० मत बढी भेटिएको भन्दै एमालेले विरोध गरेपछि मतगणना रोकिएको थियो । 

यस्र्त प्रदेशसभा (२) तर्फ बुढीगंगा नगरपालिका ३ मतदान केन्द्रका पेटिकामा मुचुल्काभन्दा ९८ मत बढी पाइएका कांग्रेस कार्यकर्ताहरूले दाबी गरेका थिए ।

Atrya hospital

निर्वाचनमा खटिएका कर्मचारीले कम्प्युटरमा इन्ट्री गर्दा फरक पर्न गएको निष्कर्षमा समझदारी भएको हो । अहिले मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update