Sagun Khabar
बाजुरा प्रदेश सभा –१ मा एकीकृत समाजवादीका  शाही विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा–बाजुरा प्रदेश सभा (१) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन् । बाम–लोकतान्त्रीक गठबन्धनबाट उम्मेदवार बनेका शाही १० हजार ९ सय ७३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीले ८ हजार ६ सय ३२  मत प्राप्त गरे । 

यस्तै गठबन्धनबाट मित्रवत प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विक (केशव) ले १ हजार ९८ मत प्राप्त गरेका छन् ।

विजयी भएका शाही राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष समेत हुन् र  उनलाई काँग्रेसले सर्मथन गरेको थियो । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update