Sagun Khabar
बाजुरामा एक कुखुरा फर्मभित्र आगलागी, ९ लाख बढीको क्षति 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा एक कुखुरा फर्मभित्र आगलागी हुँदा ९ लाख बढीको क्षति भएको छ । जिल्लाको बडिमालिका नगरपालिका ६ जडङ्गा बस्ने तुले कार्कीको घर नजिकै रहेको कुखुरा फर्मभित्र आगलागी भएको हो । 

आगलागीबाट कुखुरा फर्मभित्र रहेका ९ सय ८० ओटा कुखुरा, दाना लगायत जलेर नष्ट हुँदा ९ लाख ८८ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

हिटर सर्ट भई गएराति फर्ममा आगलागी भएको हो । प्रहरीले स्थानीय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रण लिइएको जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update