Sagun Khabar
बाजुरामा एक गर्भवती महिलाको हवाई उद्धार 

बाजुरा – बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाबाट एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । सुत्केरी हुन नसकेर जटील अवस्थामा पुगेकी स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी पबित्रा कडाराको हवाइ उद्धार गरिएको हो । 

१८ वर्षीया कडारालाई हेलिकोप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर बिष्टले बताए ।

ती महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हवाई उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए । सुत्केरी व्याथा लागेर नजिकैको स्वास्थ्य संस्थामा आएकी ती महिलाको उपचार सम्भव नभएपछि हवाई उद्धार गरिएको हो । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update