Sagun Khabar
७ दलको समर्थन जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न शितल निवास पुगे प्रचण्ड

काठमाण्डौं –७ दलको समर्थन जुटाएर प्रधानमन्त्री दाबी गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन् । आइतबार अपरान्ह प्रचण्ड राष्ट्रपति निवास शितल निवास पुगेका छन् ।  साथमा नेकपा एमालेसहित दलका नेताहरू पनि शितल निवास पुगेका छन् । 

आज बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टीले प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेका थिए । यी सबै दलबाट गरी प्रतिनिधि सभामा १६६ जना सांसद छन् ।  सरकार गठनका लागि १३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ ।

प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले संविधानको धारा ७६ को २ अनुसार दलहरूलाई दिएको एक साताको समय आज साँझ ह ५ बजे सकिँदैछ । 
 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update