Sagun Khabar
भीरबाट लडेर  युवकको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा- बाजुरामा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ। जिल्लाको गौमूल गाउँपालिका–२ मल्दुगुनका ४५ वर्षीय रामबहादुर बोहराको भीरबाट लडेर मृत्यु भएको हो।

बिहीबार गाउँ नजिकैको हन्यामाटा वनमा बाख्रा चराउन गएका वेला लडेर घटनास्थलमै उनको मृत्यु भएको आफन्त शुक्रराज बोहराले जानकारी दिए ।

बिहान बाख्रा लिएर चराउन गएका बोहरा बेलुकी घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेका थिए। मृतकका श्रीमती, दुई छोरा र एक छोरी रहेका बताइएको  छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update