Sagun Khabar
भूकम्पले बाजुरामा चारवटा घर भत्किए
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा- बाजुरामा भूकम्पका कारण चारवटा घर भत्किएका छन् । दिउँसो गएको भूकम्पका कारण बडिमालिका नगरपालिकामा चारवटा घर भत्किएको जानकारी प्राप्त भएको र थप विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापाले जानकारी दिए  ।

मानवीय क्षतिको जानकारी भने अहिलेसम्म आएको छैन । थप विवरण संकलन भैरहेको डिएसपी थापाले बताए   । दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको  मेला क्षेत्रमा केन्द्र विन्दु  बनाएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ ।

भूकम्पको धक्का नेपालको साथै भारतका सिमावर्ती क्षेत्रमा महसुस भएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update