Sagun Khabar
भूकम्पले ढुङ्गा खस्दा बाजुरामा एक महिलाको मृत्यु

बाजुरा- भूकम्पले ढुङ्गा खस्दा बाजुरामा एक महिलाको मृत्यु भएको छ। जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर २  जुरेलीकी एक महिलाको मृत्यु भएको बाजुरा प्रहरीले बताएको छ। जंगलमा घाँस काट्ने बेला स्थानीय  अन्दाजी ३५ वर्षीया जमुना रोकायाको भूकम्पसँगै माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको हो।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update