Sagun Khabar
राजीनामा माग्नुको तुक नभएको क्यान अध्यक्ष चन्दको भनाइ 
फाइल फोटो

कास्की – नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कार्यसम्पादन समितिको राजीनामा माग्नुमा कुनै तुक नरहेको बताएका छन् । पोखरामा क्यानको बोर्ड बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष चन्दले पाँच सदस्यीय टोलीले राजीनामा माग्नुको तुक नरहेको बताएका हुन् । 

अध्यक्ष चन्दले राजीनामा बाहिर हल्ला गरेर माग्ने नभई साधारण सभामा माग्ने वा ३३ प्रतिशतका हस्ताक्षर लिएर आउन चुनौती दिए । उनले ३३ प्रतिशत सदस्यले लिखित माग गरेर आएमा ३५ दिनभित्रमा विशेष साधारण सभा गरेर आफू अध्यक्ष पद छाड्न तयार भएको बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

अध्यक्ष चन्दले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पठाएको दुई सदस्यको कुनै औचित्य नै नभएको बताए । क्यान कार्यसम्पादन समितिको राजीनामा माग्ने सात जनामध्ये दुई जनालाई राखेपले मनोनयन गरेर पठाएको छ ।  

नेपाल टी–२० लिग आयोजना गर्न सेभेन थ्री स्पोर्ट्ससँग भएको सम्झौता एकपक्षीयरूपमा रद्द भएको प्रसङ्गमा अध्यक्ष चन्दले सङ्घले पाउनुपर्ने पैसाका लागि आवश्यक कानुनी प्रक्रियामा जाने बताए ।
 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update