Sagun Khabar
बाजुरामा माटोको ढिस्कोले पुरिएको एक बालिकाको मृत्यु 

बाजुरा – बाजुरामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको ज्यान गएको छ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका –१ साप्पाटा मुक्तिकोटकी १४ बर्षीया सुशीला विकको माटोको ढिस्कोले पुरिएर ज्यान गएको हो । 

माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनको ज्यान गएको वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update