Sagun Khabar
बैतडीको पुर्चौंडी–त्रिवेणी धाममा महाकुम्भ स्थापना गरिने 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाको हाटस्थित त्रिवेणी धाममा महाकुम्भ स्थापना गरिने भएको छ । नगरपालिकाको लोलीगाड, बागागाड र कोटेलीगाडको संगमस्थल त्रिवेणी धाममा आगामी बैशाख १ गते महाकुम्भ स्थापना गर्ने तयारी भएको हो ।

नगरपालिकाको वडा नं १, ७ र ८ को संगमस्थल, त्रिवेणीघाटमा महाकुम्भ स्थापनाका लागि  उकिलबहादुर धानुकको अध्यक्षतामा १ सय ५१ सदस्यीय समिति गठन गरिएको स्थानीय अम्बादत्त अवस्थीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

महाकुम्भको स्थापना विधि विधानअनुसार गर्न राष्ट्रिय पण्डित व्यासाचार्य प्रवर खेमराज ओझालाई संयोजक बनाइएको छ । नयाँ वर्षको दिन महाकुम्भ स्थापना गरिने भएकाले सबैलाई सहयोगका लागि अनुरोध समेत गरिएको अवस्थीले बताए । 

धार्मिक तथा पौराणिक महत्व रहेको त्रिवेणी धाममा राताशिला समैजी मन्दिर तथा शिवालय रहेको छ । हरेक वर्ष शिवरात्री तथा हरिवोधनी एकादशीमा यहाँ मेला लाग्ने गरेको छ । मेलामा हजारौं दर्शनार्थीहरु पुग्ने गर्दछन् । 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update