Sagun Khabar
बैतडीको प्रसिद्ध वनारसी धाममा ज्योतिर्लिङ्ग पुर्याइयो 

बैतडी –बैतडीको पाटन नगरपालिका –३ स्थित प्रसिद्ध वनारसी धाम (विश्वनाथ) मा ज्योतिर्लिङ्ग पुर्याइएको छ । पाटन बजारबाट बाजागाजासहित वनारसी धामा ज्योतिर्लिङ्ग पुर्याइएको वनारसी (विश्वानाथ) सेवा समाजका सल्लाहकार मानबहादुर चन्दले जानकारी दिए । 

वनारसी धाममा ज्योतिर्लिङ्ग स्थापानका लागि मन्दिर निर्माण कार्य सम्पन्न भएपछि आज सो ठाउँमा ज्योतिर्लिङ्ग पुर्याइएको उनले बताए । भोलि र पर्सी पूजाआराधना गरी विधिपूर्वक ज्योतिर्लिङ्ग स्थापनाको तयारी भएको चन्दले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

नेपालका प्रथम ऐतिहासिक जगदगुरु बालसन्त मोहनशरण देवाचार्यले वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको बताएपछि सो ठाउँमा मन्दिर निर्माण कार्य शुरु भएको थियो । जगदगुरुकै पहलमा कालीगण्डकीबाट ज्योतिर्लिङ्ग ल्याइएको र आज वनारसी धाममा पुर्याइएको मन्दिर निर्माण समितिका संयोजक गणेशदत्त पन्तले बताए । 

ज्योतिर्लिङ्ग मन्दिरमा पुर्याएपछि भोलि र पर्सी विधान अनुसार पूजा गरेर ज्योतिर्लिङ्ग स्थापना गरिनेछ । वनारसी धाममा हरेक बर्ष माघ शुक्ल दशमीका दिन जात्रा लाग्ने गर्दछ । सो जात्रामा हजारौं दर्शनार्थीहरु पुग्ने गरेका छन् । वनारसी धाममा ज्योतिर्लिङ्ग स्थापना भएसंगै धार्मिक पर्यटकहरु आउने विश्वास समेत गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update