Sagun Khabar
आज महाशिवरात्री, बैतडीका शिवालयहरुमा बिहानैदेखि घुइँचो 

बैतडी –आज महाशिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । महशिवरात्रीको अवसरमा बिहानैदेखि शिवालयहरुमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ ।

बैतडीका प्रसिद्ध शिवधामहरुमा शिवरात्रीको अवसरमा मेला लाग्ने गर्दछ । ती मेलाहरुमा हजारौं दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेको छ । जिल्लाको सुर्नया गाउँपालिका –२ स्थित प्रसिद्ध पाताल भुवनेश्वरमा धाममा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको सिद्धनाथ–पाताल भुवनेश्वर धार्मिक वन समितिका सचिव मोहनबहादुर बिष्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

पाताल भुवनेश्वर धामको दर्शनका लागि टाढाका भक्तजनहरु आउने गरेका छन् । मेलालाई व्यवस्थित बनाउन सुर्नया गाउँपालिका वडा नं २ र पाटन नगरपालिका वडा नं ४ को क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । 

यस्तै दशरथचन्द नगरपालिकास्थित पञ्चदेवल, ईश्वरीगंगा, गोकुलेश्वर लगायतका क्षेत्रमा पनि आज भव्य मेला लाग्ने गरेको छ । 

यस्तै जिल्लाको पञ्चेश्वरस्थित नागार्जुन शिवधाम, सुर्नयाको शंकरपुर शिवधाम, खोड्पेस्थित शिवमन्दिर, पुर्चौंडीस्थित त्रिवेणीधाम, मेलौलीस्थित गेरडा धाम लगायतका क्षेत्रमा मेला लाग्ने गर्दछ । त्यहाँ हजारौं स्थानीयहरुले भगवान शिवको पूजाआराधना गर्ने गर्दछन् । 
 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update