Sagun Khabar
‘पैंसा ठुलो नाई हो गोसि,मान्छे ठुलो हो ।’

बैतडी-  कामको सिलसिलामा बैतडीको मेलौली बजार पुगेको थिए । खाना खान होटेल खोज्दै बिजु हाटेलमा पुगे । एकछिन यता उता हेरे साहुजीलाई चिन्न सकेन । हेर्दा हेर्दै एउटा आवाज आयो के खोजेको बावु ....
पानी छ ? ......पाउछ बस्नुस । 
एक बोदल पानी ल्याएर लिनु बाबु भन्यो .. तिर्खाएको हुनाले केहि नबोली पानी पिए । संगैको साथीले भाउजु खाना नास्तामा के छ भनेर सोध्यो । सायद दिउँसो ३ बजिसकेको थियो । ... खाना त छ तर चिसो भइसक्यो .......
नास्तामा के छ भाउजु सोधिहाले  
माछा बनाउछुनी बाबु बस्नुस । 
अनी हामी संग त पैंसा छैन माछा खान त भाउजु ...
नभन्दै पैंसा ठुलो होइन गोसी (देवर) मान्छे त हुनुहुन्छ नी बस्नुस लोकल माछा हो म बनाउछु । 
हामीलाइ हातार छ भाउजु लेट हुन्छ ..... 
आफ्नो स्वास्थ्य भन्दा ठुलो केही छैन खाना खानुस् स्वस्थ रहनुस्, अनी सवै काम गर्नुहोस् । स्वास्थ्य छैन तपाँई संग केहि छैन ‘बुझ्याव गोसी’ ..... 
किन हो ‘मम्मी’ (आमा) को याद आयो । जहिलेनी खाना खा अनी काम गर भन्ने मेरी ‘मम्मि’को भाका भाउजुले बोलिन । पछि त झन बस्न मन लाग्यो ल बनाउनुस खाएर जान्छौं । 
बिहानै उठ्ने बेला मम्मी भोक लाग्यो भनेको याद आयो सोनो छदा खेल्न गएको बेला होस वा स्कुलबाट आउने बेला होस या कुनै काम बाट फर्किएको बेला ‘मम्मी’ले खाना खा है त्या..... राख्या छु भने जस्तै लाग्यो । 
जिवनमा धेरै ठाउँ पुगिन्छ यात्रा गर्दै जादा विभिन्न थरिका मान्छे हरु संग भेटहुन्छ । तर माछा वाली ‘वउजले भने मानवता अझै हाम्रो समाजमा बचेको छ भन्न्ने आभास गराई दिनुभयो । 
सवै माछावाली भाउजु जस्तै छैनन् अहिले । एक चोटि काठमाडौं जादा नाइट बसले कोहलपुरमा खाना खुवाएको थियो । पहिलो चोटि काठमाडौं गइरहेको म गाउँको सोझो मान्छे दाई खाना कसरि हो सोधे ? 
साधा कि मासु ...? 
मासु धेरै मन पर्ने भएकोले मासु सहित ...
२५० हो भाई .
२५० तिरेर खाना खान बसे खाना पनी खाए बाहिर  आउदा भाई बिल भन्छ होटेल वालाले 
तिरेको त अघि... 
काँ कस्लाई कहिले ..... यस्तै प्रश्नहरु आउन थाले ।
धेरै प्रयास गरे तर पनि मानेन जानीजानी दास्रो चोटि नि २५० तिरे तर ‘वउजु’ले पैंसा नदेउ खाएर त जाउ भन्दा उहाँमा धेरै उदारता भेटाए । 
पैंसा ठुलो नाई हो ‘गोसि’ हमरो सम्बन्ध ठुलो हो मान्छे ले मान्छेलाई गद्या व्यवहार ठुलो हो हाम्रो देश पुरा ऋणमाइ चल्या छ हमखाइ काहै आउन्या हुन पैंसा । 
होटेलको छेउतिर घाममा कुर्सि राखिदिनु भो अनी आफु पनी माछा काट्न त्यही बस्नुभो । 
‘वउजु’ले माछा वनाउदै हामीलाई सुनाउनु भयो थाहा छ ‘गोसी’ यो देश त प्रचण्ड,देउवा, केपी लगायतका टाउकेले सकिसक्यो नि  कहिले बन्ला हाम्रो देश .... 
अलि चिन्ताको भावले सोधेको थ्यो ‘वउजु’ले हामीले पनि अँ मा अँ मिलाउदै ‘वउजु’लाई सघाउदै नेताहरुको कुरा काट्यौं । 
धेरै कुरा गरे पछि भनिहाले ‘वउजु’ तम त नेता वनला जसा छौ ।
मुसुक्क हाँस्दै ‘वउजु’ बोलेनन् । संगैको साथीले भन्यो ‘वउजु’ त नेताहुन त थाहा छैन ? 
अचम्म लाग्यो देख्दा सिम्पल दिखिने भाउजु त नेता पो रैछन् । गएको चुनावमा मेलौली नगरपालिकाको उपमेयर पदमा थोरै मतले पराजित भएका रहेछन् । 
२८ बर्षको उमेरमा हाटेल व्यवसाय संगै समाजसेवामा पाईला अघि सारेकी हेमन्ती नायक ‘वउजु’ मजाकी पात्र रहेछीन । 
२१ बर्षको उमेरमा बिहे गरेकि ‘वउजु’ले समाज सेवा संगै आफैले व्यवसाय पनी समाल्दै छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update