बाजुरामा १७ वर्षीया सुत्केरीको मृत्यु

बाजुरा -बाजुरामा १७ वर्षीया सुत्केरीको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर २ बजेडीकी १७ वर्षीया सुत्केरी लक्ष्मी लुहारको मृत्यु भएको हो।
उनलाई समयमै स्वास्थ्य चौकी पुर्याइएन्। आमा जोखिममा रहेको जानकारी स्वास्थ्यकर्मीलाई थिएन्। लक्ष्मीको पेटमा दुई बच्चा रहेको जानकारी नभएको स्वास्थ्यकर्मीले बताएका छन्। तीन महिना पहिला पनि बुढीगंगा नगरपालिका वडा नम्बर ६ की नितु जैशीको पनि रत्तस्रापका कारण मुत्यु भएको थियो।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ १०:३२
प्रतिक्रिया दिनुहोस्