Sagun Khabar
कडा कुपोषणका कारण बाजुरामा ५ महिने बालकको मृत्यु 

बाजुरा – कडा कुपोषणका कारण बाजुरामा एक ५ महिने बालकको मृत्यु भएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका ६ का रमिता नेपालीका ५ महिनाका छोरा जनम नेपालीको जिल्ला मृत्यु भएको हो । उपचारका लागि बाजुरा अस्पतालमा भर्ना गरिएका नेपालीको मृत्यु भएको अस्पतालमा कार्यरत पोषण कार्यक्रम संयोजक निर्मला सुनारले बताइन् । 

ती बालकलाई ९ दिन पहिला अस्पतालको पोषण पुर्नस्थापना केन्द्रमा भर्ना गरिएको थियो । बच्चामा कडा कुपोषण भएको र उपचार गर्न पनि ढिलो ल्याइएका कारण बच्चाको मृत्यु भएको सुनारले बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update