Sagun Khabar
बाजुरा केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प

बाजुरा – बाजुरा केन्द्रबिन्दु भएर गएराति ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार राति साढे १ बजे ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का बाजुरासहित आसपासका विभिन्न जिल्लामा महसुस गरिएको थियो । बाजुरा केन्द्रबिन्दु भएर त्यसअघि हिजो नै ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

पछिल्लो समयमा सुदूरपश्चिममा लगातार भूकम्प गइरहेको छ । सानो स्केलको भूकम्प जाने क्रम जारी रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले जानकारी दिए । पश्चिमी क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update