Sagun Khabar
बाजुरामा फेरि ४ दशमलव १ रेक्टर स्केलको भूकम्प 

बाजुरा –बाजुरामा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प भएको छ । भूकम्प मापनकेन्द्र सुर्खेतका अनुसार बाजुराको विच्छ्या आसपास केन्द्रबिन्दु भएर आज १ बजेर ४७ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । 

बाजुराका साथै आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ । यसअघि वैशाख १५ गतेपनि बाजुराको केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । 

पछिल्लो समयमा सुदूरपश्चिम क्षेत्रमा स–साना स्केलका भूकम्प गइरहेको भूकम्प मापन केन्द्रका सुर्खेतका प्रमुख बलबहादुर तामाङले जानकारी दिए । 

Atrya hospital

पश्चिमी क्षेत्रमा विगत ५ सय बर्षदेखि ठूलो भूकम्प नगएकाले ठूलो भूकम्पको जोखिम रहेको उनले बताए । उनले भने ‘पश्चिमी क्षेत्रमा लामो समयदेखि पृथ्वीमुनि शक्ति सञ्चित भएर रहेको छ । त्यसैले यो क्षेत्रमा ठूलो भूकम्पको जोखिम रहेको छ ।’

अहिले स–सानो भूकम्पबाट केही शक्ति बाहिर निस्किएपनि ठूलो भूकम्पको समेत सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्नेमा तामाङले जोड दिए । भूकम्प प्रतिरोधी संरचनामात्रै बस्ने खालको व्यवस्था मिलाउन सके ठूलो भूकम्पको बेला समेत कम क्षति हुने उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update