Sagun Khabar
बाजुरामा लगातार भूकम्पको धक्का 

बाजुरा –बाजुरामा लगातार भूकम्प गइरहेको छ । शनिबारमात्रै बाजुराको बिच्छ्या केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले जानकारी दिए । 

आज दिउँसो १ बजेर ४२ मिनेटमा ३ दशमलव ७ रेक्टर स्केल र ४ बजेर ३३ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको तामाङले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यही वैशाख २१ गते बाजुराको विच्छ्या केन्द्र बिन्दु बनाएर ४दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसअघि वैशाख १५ गते ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तामाङले जानकारी दिए । 

पछिल्लो समयमा बाजुरामा लगातार भूकम्प जान थालेपछि स्थानीयहरु त्रसित भएका छन् । भूकम्पविद्हरुले पश्चिमी क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको बताइरहेका बेला लगातार भूकम्प जाँदा स्थानीयहरु त्रसित भएका हुन् । 

नेपालको पश्चिमी क्षेत्रमा विगत ५ सय बर्षयता ठूलो भूकम्प नगएकाले ठूलो भूकम्पको जोखिम रहेको तामाङले बताए । यो क्षेत्रमा जमीनमुनि शक्ति सञ्चित भएकाले कुनैबेला पनि ठूलो भूकम्प जान सक्ने तामाङले बताए । यद्यपि साना साना भूकम्पले शक्ति बाहिर निस्कनु राम्रो भएको उनले बताए । 

ठूलो भूकम्प गएको बेला हुन सक्ने क्षति न्यूनीकरणका लागि भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा तामाङले जोड दिए । अहिले पनि ग्रामीण क्षेत्रमा भूकम्प प्रतिरोधी संरचना नहुँदा समस्या आउन सक्ने उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update