Sagun Khabar
बाजुरामा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प

बाजुरा –बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ ।

बिहीबार बिहान ५ बजेर १५ मिनेट जाँदा विच्छ्या केन्द्र बिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

पछिल्लो समयमा बाजुरा केन्द्र बिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । यसअघि यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । 

त्यो भन्दा पहिला सोही ठाउँ केन्द्र बिन्दु बनाएर वैशाख २१ र वैशाख १५ गते पनि भूकम्प गएको थियो । लगातार भूकम्प जान थालेपछि स्थानीयबासीहरु त्रसित बनेका छन् । वैशाख महिनामै बाजुरा केन्द्रबिन्दु भएर चार पटक भूकम्प गइसकेको छ । 

नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको उच्च जोखिम रहेको बताइरहेका बेला लगातार जसो स–साना स्केलका भूकम्प जाने क्रम जारी रहेको छ । पश्चिमी क्षेत्रमा विगत ५ सय बर्षदेखि ठूलो भूकम्प नगएकाले यो क्षेत्रमा भूकम्पको जोखिम उच्च रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले बताए । 

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भूकम्प प्रतिरोधी संरचना नहुँदा भूकम्प गएको बेला ठूलो क्षति हुन सक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् । ग्रामीण क्षेत्रमा जीर्ण घरहरु भएकाले ठूलो भूकम्प आएको बेला क्षति हुन सक्ने उनीहरुको भनाइ छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update