Sagun Khabar
बाजुराको तीनठाउँमा वेलीवृज निमार्ण हुने

बाजुरा- बाजुराको तीनठाउँमा वेलीवृज निमार्ण हुने भएको छ। सदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री नरेश कुमार शाहीको विशेष पहलमा बाजुराका तीन ठाउँमा बेलिवृज पुल निमार्ण हुने भएको हो।

मन्त्री शाहीको पहलमा जिल्ला सदरमुकाम मार्तडीबाट अन्य स्थानिय तह जोड्ने गरी यसै आर्थिक वर्षमा बाजुराका तीन ठाउँमा बेलीवृज पुल निमार्ण हुने भएका हुन्। जिल्ला सदरमुकाम मार्तडि सहित कोल्टी सडक खण्ड अन्तर्गत बाउलीको अनाई खोला, कोल्टीको दानसागु खोला र भौनेरा खोलामा बेलिवृज पुल निमार्णका लागि जिल्ला र जिल्ला आसपासका जिल्लाहरुमा जगेडामा रहेका वेलीवृजलाई सो क्षेत्रमा लिई जोड्न संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निर्देशन दिएका छन्। 

स्वास्थ्य सन्देश
Atrya hospital

हाल सम्म पुल निमार्ण हुन नसकि सडक सञ्चाल संग नजोडिएका ठाउँमा तत्काल बेलीवृज पुल निमार्ण गरी सडक यात्रालाई सहज बनाउने गरी मन्त्री स्तरीय निर्णय भएको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग पुल महाँशाखाका उपसचिव कृष्णराज अधिकारीले बताए।

संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बाजुराका तीन वटै ठाउँमा बेलिवृज पुल तत्काल निर्माण गर्न जेठ ३ गते मन्त्री स्तरको निर्णय गरेका थिए। सोही अनुरुप मन्त्रालयले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतलाई असार मसान्त भित्रै ती ठाउँमा बेलिवृज पुल निमार्ण गर्न निर्देशन दिएको उनले बताए।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update