Sagun Khabar
बाजुरामा भूकम्पको  धक्का 

बाजुरा- आज बिहानै बाजुरामा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो।

जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए। बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update