Sagun Khabar
चट्याङ लागेर एक युवकको ज्यान गयो
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा- बाजुरामा चट्याङ लागेर एक युवकको ज्यान गएको छ। हिजो साँझ परेको अविरल वर्षासँगै चट्याङ पर्दा जगन्नाथ  गाँउपालिका १ का ३१ वर्षीया यमराज बिष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीका अनुसार मृतक बिष्ट देउडा पाटन भन्ने ठाउँमा भैंसी गोठालो गएको थिए। उनको साँझ करिब ८ बजे चट्याङ लागेर ज्यान गएको प्रहरीको भनाई छ। थप बिवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update