Sagun Khabar
ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा- बाजुरामा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ। शनिबार दिउँसो त्रिवेणी नगरपालिका–९ गडतोलामा बुढिगंगा नदीको किनारबाट ढुङ्गा लोड गरी ल्याउँदै गरेको से १ त १४०८ नम्बरको ट्याक्टरमा बसिरहेका सोही ठाउँका १५ वर्षीय नितेश थापाको ट्याक्टरबाट खसेर मृत्यु भएको हो।

नितेशको शरीरमा भित्री चोट लागी गम्भिर घाईते भएपछि उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक सोही नगरपालिका ४ नम्बर वडाको तोलीका ३५ वर्षीय गगन साउद फरार छन्। उनको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update